काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् । उनी करिब २ : ४५ तिर बैठकमा सहभागी भएका हुन् ।
उनीसँगै रास्वपा सभापति रवि लामिछाने पनि बैठकमा सभागी भएका छन् ।
विपक्षी दल लगायतका सांसदहरुले संसदमा प्रधानमन्त्रीको उपस्थिति चाहियो र प्रश्नको जवाफ चाहिएको भन्दै सभामुखसँग माग गरेका थिए ।
बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।


