CLI

स्वाभिमान लघुवित्तको नयाँ सञ्चालक समिति गठन

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्णप्रसाद अर्याल चयन भएका छन् ।

संस्थाको नवौं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले अर्याललाई अध्यक्ष चयन गरेको हो ।

संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिमा देवीदत्त जवाली, गिरिराज पाठक र कुश सुधन सिंह चयन भएका छन् । सिंह प्राइम कमर्सियल बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक हुन् ।

नवनिर्वाचित सञ्चालक समितिले संस्थाको आगामी रणनीति, सुशासन तथा वित्तीय सेवा विस्तारमा केन्द्रित भएर काम गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

Leave Your Comment

Related News