काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम र बजार विकासका प्राथमिकताहरू सार्वजनिक गरेको छ । बोर्डले पुँजी बजारलाई विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउन विभिन्न सुधारका योजनाहरू अघि सारेको बताएको छ ।
नेपाल धितोपत्र बोर्डले अघि सारेका बजार विकासका प्राथमिकतामा नियामक सुदृढीकरणलाइ राखेको छ जस अन्तर्गत बोर्डले भनेको छ धितोपत्र सम्बन्धी कसुरको अनुसन्धानमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउनुका साथै र बजारलाई प्रभावित पार्ने गतिविधि तथा वित्तीय ठगी विरुद्ध कडाइ गरिने बताएको छ ।
बोर्डले प्राथमिक शेयर निश्कासनको लागि सार्वजनिक निष्कासनलाई थप व्यवस्थित बनाउन प्राथमिक शेयर जारि गर्न माग गरेका कम्पनीको वित्तीय अवस्थाको वस्तुपरक अध्ययन गरी अनुमति दिने व्यावस्था गर्ने भनेको छ । बोर्डले लगानीकर्तालाइ सजह रुपमा ऋण प्रवाह गर्न मार्जिन कारोबार सम्बन्धी निर्देशिकाको कार्यान्वयनमा देखिएका अबरोध हटाउन नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्चेन्ज नेप्से र सिडिएससँग समन्वय सिघ्र सहजीकरण गर्ने बताएको छ । यसका साथै बोर्डले धितोपत्र बजारमा लगानी कर्ताले लगानी गर्दा प्राथमिक तथा दोस्रो बजारमा लाग्ने शुल्कमा पुनरावलोकन गरी लगानीकर्ताको कारोबार लागत घटाउने योजना अघि सारेको नेपाल धितोपत्र बोर्डका प्रबक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।
बोर्डले हाल कायम रहेको सामूहिक लगानी कोषको ‘लक-इन’ अवधि र ‘बण्ड-फाउन्ट’ सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने बताएको छ यसका साथै सामाजिक सञ्जालमार्फत प्री आइपिकोको नाममा हुने हुने पुँजी संकलनलाई नियमन गर्ने बताएको छ ।
बोर्डले आगामी १० वर्षको नेपालको पुँजी बजार विकास मार्गचित्र (२०८३) छिट्टै सार्वजनिक गर्न बताएको छ ।


