CLI

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कुन ब्राण्डले के-कस्ता विशेषतायुक्त सवारी साधान सार्वजनिक गर्दै छन् ?

काठमाडौं ।नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौँको भृकुटिमण्डपमा श्रावण २६ देखी ३१ सम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा नेपालको विद्युतीय अटोमोबाइल कम्पनीले बिभिन्न नयाँ मोडलका चार पाङग्र सवारी साधनको सार्वजनिकीकरण गर्न लागेका छन् ।

नाइमा (NAIMA) नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै  नेपालमा चारपाङ्ग्रे सबारी साधनको डिलरसिप लिएर बिक्रि बितरण गरिरहेका कम्पनी रहेका छन् । यो बर्षको नाईमा  मोविलिटी एक्पोमा प्यारामाउन्ट मोटर्सले एमजी ब्रान्डअन्तर्गत लामो दूरीको यात्रा सहज बनाउन एमजी एचएस पीएचईभी (प्लग्ड-इन हाइब्रिड) र प्रिमियम यु९ ईभी सार्वजनिक गर्न लागेको छ ।

यसैगरी, प्यारामाउन्ट मोटर्सले नै वुलिङ ब्रान्डका चार नयाँ विद्युतीय गाडीहरु ६९.२ किलोवाट-घण्टा ब्याट्री र एडास (सुरक्षा प्रविधि) फिचरसहितको ७ सिटर एक्सन एसयूभी, स्लाइडिङ ढोकायुक्त ७ सिटर डारियन एमपीभी, लोकप्रिय बिङ्गो ईभीको नयाँ रुप र ३०१ किमी रेन्ज दिने सहरी गाडी मिनी ईभी लयाउने भएको कम्पनीले जानकारी दिएको छ ।

अर्कोतर्फ, एडभान्स्ड अटोमोबाइल्स प्रा.लिले चिनको प्रतिष्ठित लग्जरी ब्रान्ड होङ्छीलाई नेपालमा आधिकारिक रुपमा भित्र्याउँदै १२० किलोवाट-घण्टा सम्मको ब्याट्री क्षमता र दोहोरो (डुअल) मोटर भएको पूर्ण-आकारको ई-एचएस९ तथा प्रिमियम क्रसओभर ई-एचएस४ मार्फत प्रिमियम सेग्मेन्टमा नयाँ आयाम थप्दैछ। होङ्छी फर्स्ट अटोमोबाइल वर्क्स (एफएडब्ल्यु ग्रुप) अन्तर्गत सञ्चालित छ। होङ्छीको अर्थ चिनियाँ भाषामा ‘रातो झण्डा’ हुन्छ। यसले सुरुआती चरणमा चीनका राष्ट्रपति, उच्च सरकारी अधिकारी र राज्यका अतिथिका लागि मात्र गाडी उत्पादन गर्थ्यो। पछिल्ला वर्षहरुमा सर्वसाधारणका लागि पनि लक्जरी कार र ईभी उत्पादन विस्तार गरेको छ ।

उच्चस्तरीय भित्री बनावट (इन्टेरियर) र प्रिमियम सामग्री, आधुनिक सुरक्षा तथा एडास प्रविधि, पेट्रोल, हाइब्रिड र ईभी मोडलहरु, आरामदायी तथा प्रशस्त केबिन, उन्नत सुरक्षा प्रविधि, लक्जरी डिजाइन र आराम यसका प्रमुख विशेषता हुन्।

होङ्छीको ई-एचएस९ २०२६ मेमा सिंगापुरमा सार्वजनिक (लन्च) गरिएको थियो। त्यसपछि थाइल्यान्ड र हङकङमा पनि सार्वजनिक भइरहेको छ। यसको मूल्य करिब ९० हजार अमेरिकी डलर छ। १२० किलोवाट-घण्टाको निकेल म्यागनिज कोबाल्ट (एनएमसी) ब्याट्री प्याकमा उपलब्ध यो कारले ५४८ किलोमिटर डब्लुएलटीपी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ।

२०७६ मा नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले होङ्छीका कार प्रयोग गरेका थिए। उनले होङ्छी लिमोजिन एचक्युई गाडी प्रयोग गरेका थिए।

साथै, एसएआईसी-जीएम-वुलिङको व्यावसायिक ब्रान्ड लिङ्क्सिसले स्थानीय ढुवानी र हरित लजिस्टिक्स क्षेत्रलाई लक्षित गरी आफ्ना विद्युतीय भ्यान तथा मिनी-ट्रकहरिु सार्वजनिक गर्ने भएको छ, जसले नेपालको पहाडी बाटो सुहाउँदो प्रविधि र कम सञ्चालन खर्चका साथ बजारमा उपस्थिति जनाउनेछ।

नेपाली अटोमोबाइल बजारमा कम्प्याक्ट तथा माइक्रो एसयूभी सेग्मेन्टलाई थप प्रतिस्पर्धी बनाउन निसान र टाटाका नयाँ मोडलहरु भित्रिने भएका छन्। पायोनियर मोटोकर्पले निसानको  निसान टेक्टोन भित्र्याउने तयारी गरेको छ। आकर्षक डिजाइन, १.० लिटर र १.३ लिटर टर्बो-पेट्रोल इन्जिन विकल्प, लेभल-२ एडास सुरक्षा, १०.२५ इन्चको डिजिटल ककपिट र प्यानोरमिक सनरुफसहित आउने यो मध्यम-आकारको एसयूभीले नेपाली ग्राहकलाई उत्कृष्ट विकल्प प्रदान गर्नेछ।

अर्कोतर्फ, टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा सर्वाधिक लोकप्रिय रहेको टाटा पञ्च ईभीको नयाँ र अपग्रेड गरिएको मोडल सार्वजनिक गर्दैछ। नयाँ ब्याट्री प्रविधि (४०.५ किलोवाट-घण्टा सम्मको क्षमता), ६५ किलोवाटको द्रुत (फास्ट) चार्जिङ (३० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज), ३६०-डिग्री क्यामेरा, हावा ओहोरदोहोर हुने (भेन्टिलेटेड) सिट र ५-स्टार सुरक्षा रेटिङसहित आउने यो विद्युतीय एसयूभीले सहरी तथा लामो दूरीको यात्रालाई अझ सहज र किफायती बनाउने अपेक्षा गरिएको छ। साथै, नयाँ ४ वटा मोडल आउन सक्ने बताइएको छ।

यता, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँ प्रिमियम विद्युतीय एसयूभी आयोनीक ९ सार्वजनिक गर्ने भएको छ। साथै अन्य नयाँ मोडलहरु पनि ल्याउने बताएको छ। आयोनीक ९ मा ११०.३ किलोवाट-घण्टाको ठूलो लिथियम-आयन ब्याट्री क्षमता रहेको छ। यो एसयूभीले एक पटकको पूर्ण चार्जमा ६२० किलोमिटरसम्मको उत्कृष्ट ड्राइभिङ रेन्ज प्रदान गर्दछ। १६० किलोवाट पावर र ३५० न्यूटन मिटर टर्क पैदा गर्ने यो गाडीमा ११ किलोवाटको अन-बोर्ड चार्जर राखिएको छ, जसको अधिकतम गति १९० किमी प्रतिघण्टा रहेको छ।

लक्ष्मी ग्रुपले चिनियाँ अटोमोबाइल ब्रान्ड जेटोर, बीएआईसी, आर्कफक्सलगायतका चिनियाँ ब्रान्ड नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ।

चार्जिङ सुविधाको कुरा गर्दा, ३५० किलोवाटको अति-द्रुत (अल्ट्रा-फास्ट) डिसी चार्जरमार्फत यसको ब्याट्री केवल २४ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने ५० किलोवाट डिसी चार्जरबाट करिब १०९ मिनेट र ११ किलोवाट एसी चार्जरबाट पूर्ण चार्ज हुन करिब १० घण्टा समय लाग्छ। २० इन्चको आकर्षक ह्विल प्रयोग गरिएको यस गाडीको प्रति १०० किलोमिटरमा १९.९ किलोवाट-घण्टा ऊर्जा खपत हुनेछ। कुल २,६१२ केजीसम्मको तौल रहेको यो गाडीमा १०० केजीसम्मको छतको भार (रुफ र्याक लोड) र १,६०० केजीसम्मको ट्रेलर तान्न सक्ने (टोइङ) क्षमता समावेश गरिएको छ।

यता, युनाइटेड ट्रेडर्स सिन्डिकेटले भने टोयोटाका २ नयाँ एसयूभी ल्याउने भएको छ। साइमेक्स मोबिलिटी प्रा. लि. ले डेनजाका बी५ र बी८ मोडलहरुप्रदर्शनमा राख्नेछन्।

यो बर्ष नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा ५५ स्टलमा ५२ ब्राण्डका दुई पाङ्ग्र र चार पाङ्गे सबारी साधन प्रदर्शनमा रहने छन् । प्रदर्शनमा रहने अधिकांस कम्पनीले आफ्नो नयाँ फिचर सहितको सवारी बिक्रिको ल्याउने भएका हुन् ।

यो एक्पो गाडिको पर्दशनी भन्दा माथी नेपालको अटो मोबिलिटी क्षेत्रको बिकास, समास्या र समाधानको बिषयमा बिज्ञ, सरोकारवाला, नियामक निकाय , निति निर्माता को बिचमा भृहत छलफल हुने छ । यसले नेपालको आर्थिक बिकासको लागि गर्ने योगदान यसको बिकासको लागि चाल्नु पर्न कदम बनाउनु पर्न कानूनको बिषयमा पनि छलफल हुनेछ । यो नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाइ नेपालको सबैबन्दा ठुलो पर्दशनी पनि भन्ने गरिएको छ । यसलाइ आर्थिक कारोबार, सहभागीता र यसले राज्यको अर्थनत्रमा पार्ने प्रभावको आधारमा नेपालमा हुने भएरेहो बसैभन्दा ठुलो एक्पो भनिएको हो । आयोजकले दाबी गरे अनुसार यो सबै ठुलो एक्पो हुन्छ हुँदैन यो एक्पो पश्चात भन्न सकिएला ।

 

Leave Your Comment

Related News