काठमाडौं । मोल्निया पावरले करिब साढे ४५ लाख कित्रा जगेडा शेयर बेच्ने भएको छ।
कम्पनीले यही साउन १८ गतेबाट संस्थापक शेयरधनीहरुलाई ४५ लाख ४८ हजार कित्ता शेयर बिक्री सुरु गर्न लागेको हो। यसका लागि शेयरधनीहरुले यही साउन १५ गतेभित्र सञ्चालक समितिमा आवश्यक कागजात बुझाउनुपर्नेछ। त्यसपछि सञ्चालक समितिको स्वीकृतिपछि मात्र शेयरधनीहरुले शेयर खरिद गर्न पाउनेछन्।
कम्पनीले बिक्री गर्न लागेको शेयर हाल कायम शेयरधनीहरुसँग रहेको १ कित्ता थप नयाँ ४ कित्ता शेयर बराबर हुन आउँछ। शेयरधनीहरुले आउँदो भदौ १६ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।


