२७९६ मा पुग्यो नेप्से परिसूचक, पौन २२ अर्बको कारोबार

काठमाडौं । सेयर बजार निरन्तर बढ्ने क्रममा सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९७ अंकले घटेर ४९१.७८ विन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार १६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार कुल ३२६ वटा कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर २ लाख ३८ हजार ०७८ पटक कारोबार हुदाँ कारोबार रकम भने २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार पुगेको छ ।
सोमबार १३ वटा समूह सूचकमध्ये ७ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी ६ वटा समूहको सेयर मूल्य घटेको छ ।

होटल र पर्यटन ४८८.३१, जलविद्युत १०२.४२, लगानी ३.८७, जीवन बीमा ४३०.२९, निर्जीवन बीमा १६८.९५ , व्यापार २०७.९८ र अन्य समूह ११८.९२ अंकले बढेको छ । त्यस्तै बैकिङ ७.८६, विकास बैंक ८.४६, वित्त १६४.७१, उत्पादन र प्रशोधन ४०.६५, लघुवित्त ४१.०१ र म्युअुचल फण्ड ०.०४ अंकले घटेको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सानिमा माई हाइड्रोपावर र शिवम सिमेन्ट र माउन्टेन इनर्जी नेपाल लिमिटेड रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २६ करोड ४ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४९ करोड ३८ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४४ करोड ५१ लाख रुपैयाँ र शिवम सिमेन्टको ४२ करोड ७ लाख रुपैयाँ र माउन्टेन इनर्जी नेपाल लिमिटेडको ४० करोड ९३ लाख रुपैयाँ बराबर करोबार भयो ।

सोमबार रुरु जलविद्युत परियोजना लिमिटेड, सीइडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड, कुथेली साना हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भने नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । हिमालय लघुवित्त वित्तीय संस्था लिमिडेटको ८ प्रतिशत, गह्यश्ेवरी मर्चेच्ट बैंक एण्ड फाइनान्स कम्पनीको ६ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको ६ प्रतिशत र समृद्धि फाइनान्सको ६ प्रतिशतले सेयर मूल्य घटदै सर्वाधिक गुमाउने कम्पनी बने ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार