काठमाडौं । सोमबार देखि घटेको सेयर बजार बुधबारसम्म आइपुग्दा निरन्तर घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार सेन्सेटिभ इन्डेक्स ०.७८ अंकले घटेर ४७०.० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.६५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४२ अंकले घटेको हो ।
बुधबार ३४३ वटा कमपनीको ९७ लाख ७७ हजार ५१२ कित्ता शेयर खरिद बिक्री हुँदा करोबार रकम ४ अर्ब २ करोड ९३ लाख पुगेको छ । जुन मंगलबारको तुलनामा ३९ करोड ५६ लाखले कम हो । मंगलबार ४ अर्ब ४२ करोड ४९ लाख कारोबार रकम रहेको थियो ।
यसदिन २ वटा उपसमूह बढ्दा ११ वटा उपसमूह सबै घटेको छ । म्युअुचल फण्ड ०.०६ र अन्य समूह ९ अंकले बढ्दा बैंकिङ ४ , विकास बैंक २४, वित्त १४,होटल र पर्यटन ३९, जलविद्युत १५, लगानी ०.२४, जीवन बीमा २४, उत्पादन र प्रशोधन ६०, लघुवित्त २८, निर्जीवन बीमा ६२ र व्यापार १ अंकले घटेको हो ।
यसदिन ७८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कमाउने शेयरहरुमा एभरेष्ट कलरको १५ प्रतिशत, स्नो रिभर लिमिटेडको ५ प्रतिशत, नबिल ब्यालेन्स फन्ड ३ को ४ प्रतिशतले बढ्दा गरिमा समृद्धि योजनाको ७ प्रतिशत, सिभिल बैंक डिबिन्चर २०८८ को ६ प्रतिशत र मातृभूमि लघुवित्तको पनि ६ अंकले शेयर मूल्य घट्दै सर्वाधिक गुमाउने कम्पनीहरु बने ।


