RE
Global College

गोलबजारमा कर्फ्यू खुकुलो, बिहान १० देखि साँझ ७ बजेसम्म आवतजावत गर्न पाइने

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेशलाई जिल्ला प्रशासन कार्यालय सिरहाले खुकुलो बनाएको छ। सुरक्षा अवस्थाको विश्लेषण गरी स्थानीय प्रशासनले साउन १७ गते बिहान १०:०० बजेदेखि राति ७:०० बजेसम्मका लागि कर्फ्यू खुकुलो पारिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचना अनुसार स्थानीय परिस्थितिको थप विश्लेषण गरेर कर्फ्यू थप खुकुलो पार्ने वा पूर्ण रूपमा फिर्ता लिने भन्नेबारे पछि पुनः जानकारी गराइनेछ।

कर्फ्यू खुकुलो पारिएको समयमा गोलबजार क्षेत्र भएर सञ्चालन हुने लामो दूरीका सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण गरिने प्रशासनले जनाएको छ। तर, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कर्फ्यू खुकुलो पारिएको अवधिभर ५  जनाभन्दा बढीको समूहमा भेला वा जम्मा हुन नपाउने गरी रोक लगाइएको छ।

स्थानीय प्रशासनले सुरक्षा नियमको पूर्ण पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सबै नागरिकलाई आग्रह गरेको छ।

NECO

Leave Your Comment

Related News