CLI

सेबोनको  पूँजी बजार सुधार श्वेतपत्र पुँजीबजारको समस्या पहिचान समाधान र समयसीमा निर्धारण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोनले ) ले नेपालको पूँजी बजारलाई पारदर्शी, दक्ष, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने  भनि “नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३” सार्वजनिक गरेको छ।

बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति अनुसार प्राथमिक बजारको दीर्घकालीन लक्ष्य सहित यो श्वेतपत्र जारी गरेको जनाएको छ । सेविनले हिजो साउन २१ ३०८३ मा जारी गरेको रोडम्यापमा  धितोपत्र बजारको विकासक्रम, विद्यमान संरचनागत समस्या, कानूनी सीमा र आगामी दशकमा गरिने नीतिगत तथा प्रविधिगत सुधारको खाका प्रस्तुत गरिएको छ ।

धितोपत्र बोर्डका अनुसार यो दस्तावेज केवल आइपीओ साधारण सुधारमा मात्र नभइ राष्ट्रिय पूँजी निर्माण, निजी क्षेत्रको प्रतिस्पर्धात्मक विकास र मुलुकको समग्र आर्थिक रूपान्तरणको रणनीतिक आधार पतर्को रुपमा बिका सगरिने जनाएको छ ।

इतिहासको सिंहालोकन

बोर्डले जारि गरेको रोडम्यापमा इतिहास विराटनगर जुट मिल्स को आईपिओ जारि गरेपश्चात सुरु भएको उल्लेक गरिएको छ । नियामक निकायका रूपमा धितोपत्र बोर्डको स्थापना भएपछि आ.व. २०५०/५१ देखि नियमित रूपमा धितोपत्र निष्काशनको स्वीकृति दिन थालिएको हो। सेवोनले २०५० मा आईपिको अनुमति दिएर आफ्को कार्य सुरु गरेको मा  २०८२\०८३ मा पुग्दा आइपुग्दा साधारण शेयर (IPO), थप सार्वजनिक निष्काशन (FPO), हकप्रद शेयर (Rights Issue), ऋणपत्र (Debenture) र सामूहिक लगानी योजना (Mutual Fund Units) समेत गरी कुल  ७ खर्ब ६५ अर्ब भन्दा बढी रकमको पूँजी परिचालन स्वीकृति प्रदान गरिरहेको छ ।

समस्या र चुनौतीहरू

संख्यात्मक रूपमा उल्लेख्य प्रगति भए पनि नेपाली प्राथमिक पूँजी बजारमा गम्भीर संरचनागत तथा सञ्चालनगत समस्याहरू रहेको सेविनले जारि गरेको  श्वेतपत्रमा उल्लेख रहेको छ । सेविनले नेपालको पूजीबजारमा १०० अकित मूल्यमा प्राथमिक शेयर जारि गर्ने भएका; परिपक्क र ठुला कम्पनी पुँजीबजारमा प्रवेश नगरेको बिषय उल्लेक गरिएको छ । भने आएपो बिक्रि पश्चात बितरंणमा अत्यधिक मागका कारण न्यूनतम १० कित्ताका लागि गोलाप्रथा गर्नुपर्ने बाध्यता छ, जसले गर्दा बजार वास्तविक पूँजी विनियोजन भन्दा पनि सट्टाबाजी र भाग्यमा आधारित बन्न पुगेको उल्लेख गरेको छ ।  बुकबिल्डिङमा योग्य संस्थागत लगानीकर्ता (QIB) को मूल्याङ्कन, बोलकबोल प्रक्रिया, पारदर्शिता र स्वार्थको द्वन्द्व (Conflict of Interest) सम्बन्धी कानूनी अस्पष्टताका कारण यो सोचेजति प्रभावकारी हुन नसकेको बिषय उल्लेख गरेको छ । भने पेन्सन फण्ड चलाइ रहेका कोषहरु   सञ्चय कोष, नागरिक लगानी कोष, बीमा कम्पनी र म्युचुअल फण्डजस्ता दीर्घकालीन संस्थागत लगानीकर्ताको भूमिका न्यून रहेको समिक्षको रुपमा राखिएको छ । नेपालको पुँजीबजारमा  बिक्री प्रबन्धक , प्रत्याभूतिकर्ता लेखापरीक्षक र क्रेडिट रेटिङ संस्थाहरूको दायित्व स्पष्ट नभएको कारण कम्पनी जारि गर्ने विवरणपत्रको विश्वसनियतामा प्रश्न उठेको  जनाएको छ

सुधार योजना

नेपाल धितिपत्र बोर्डले नेपालको पुँजी बजारको बिकासमदेखिएका समस्याको समाधानको लागि ३ रतणमा समाधानको उपाय निकालेको छ । भने पुजीबजारको बिस्ता एँ बिकास र भर्पर्दो बिश्वसनीय बनाउन मनय सीमा निर्धारण गरीएको  छ । पहिलो चरणमा धितोपत्र सम्बन्धी ऐन, नियमावली र निर्देशिकाहरूको समग्र समीक्षा र संशोधन गर्ने, बुक बिल्डिङ ढाँचाको विस्तृत पुनरावलोकन र समीक्षा, बिक्री प्रबन्धक तथा योग्य संस्थागत लगानीकर्ता (QIB) सम्बन्धी मापदण्ड परिमार्जन गर्ने नीति अघि सारको छ यसको लागि बोर्डले १ बर्षको समय सीमा निर्धारण गरेको छ । दोस्रो चरणमा नेपालको पुँजिबजारमा प्रतक्ष सरोकार राख्ने नियामक र कार्य गर्ने संस्था नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्चेन्ज र नेपाल क्लियरिङ हाउसको पुर्वाधार आधुनीकिकरण गर्ने दोस्रो चरणमा डिजिटल आईपिओर डिजिटल केवाईसि लागु गर्ने यको लागि २ बर्षको समाय निर्धारण गरिएको छ । तेस्रो बुँदाको सुधार योजनामा पूर्ण बजार-आधारित मूल्य निर्धारण प्रणालीगर्ने,एङ्कर लगानीकर्ता (Anchor Investors) र परिपक्व QIB Framework को कार्यान्वयन गर्ने र  Artificial Intelligence (AI) मा आधारित बजार अनुगमन र वैदेशिक संस्थागत लगानीकर्ताको प्रवेश गराउने बिषय समावेश रहेको छ यसको लागि सेबोनले ५ बर्षको समाय निर्धारण गरेको छ ।

लगानीकर्ता संरक्षण

धितोपत्र बोर्डले श्वेतपत्र मार्फत लगानीकर्तालाई सरल भाषामा कम्पनीको जोखिम र वित्तीय अवस्था बुझाउन Plain Language ProspectusDigital Interactive Prospectus को अवधारणा ल्याइने बयताएको छ । यो खालको सुधारले बैंक तथा वित्तीय संस्थामा रहेको ऋणको भार कम गर्दै जलविद्युत्, सूचना प्रविधि, पूर्वाधार र स्टार्टअप जस्ता उत्पादनशील क्षेत्रका कम्पनीहरूलाई स्वःपूँजी (Equity Capital) संकलन गर्न सहज वातावरण बनाउने बिस्वा नेपाल धितोपत्र बोर्डले लिएको छ ।

नेपाल धितोपत्र बोर्डले लगानीकर्ता, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्था र विकास साझेदारहरूसँग निरन्तर परामर्श गर्दै प्रस्ताव गरिएका सुधारहरूलाई चरणबद्ध रूपमा नीतिगत, कानूनी, प्रक्रियागत तथा प्रविधिगत रूपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्दता जारी गरेको छ बोर्डले जारि गरेको स्वेत पत्रमा भनिएको छ हामी आगामी दिनमा लगानीकर्ता, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्था र विकास साझेदारहरूसँग निरन्तर परामर्श गर्दै प्रस्ताव गरिएका सुधारहरूलाई चरणबद्ध रूपमा नीतिगत, कानूनी, प्रक्रियागत तथा प्रविधिगत रूपमा कार्यान्वयनमा ल्याउनेछौँ।”

‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ नेपाली शेयर बजारलाई नयाँ दिशा दिने एक महत्त्वपूर्ण नीतिगत दस्तावज भएको नेपाल धोतोपत्र बोर्डले दाबी गरेको छ । बोर्डले  नेपालको पुँजीबजारको संख्यात्म बृदीलाइ परिपक्त बजार बनाउने प्रतिबद्ता जाहेर गरेको छ । बोर्डले जारी गरेको पुँजीबजार बिस्तार बिकास को  लागि नियमकीय निकायको रुपमा जारी गरेको श्वेत- पत्र कार्यान्वयन गर्न सकेमा  नेपालको  पूँजी बजार पारदर्शी, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको बन्ने दाबी गरिएको छ ।

 

Leave Your Comment

Related News