काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ थियो ।
आज चाँदी पनि ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँ थियो ।


