काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ६ हजार ४०० रुपैयाँ बढेर ३ लाख ७ हजार ९०० पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेर ३ लाख १ हजार ५०० मा झरेको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ११० रुपैयाँ बढेर चाँदीको मूल्य ४ हजार ७८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ३७१ अमेरिकी डलर रहेको छ ।



