CLI

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ७ सय  रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।

आज चाँदी पनि ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ थियो

Leave Your Comment

Related News