काठमाडौं । सिजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सिजी मोटोकर्पले देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । सो क्याम्प साउन २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
भारी मनसुनी वर्षाले सवारीसाधनमा चाप र जोखिम बढाउँदै गर्दा यो अभियानले समयमै मर्मतसम्भारमा जोड दिँदै वर्षायाममा ग्राहकको सुरक्षा र सुविधालाई प्राथमिकता दिने बताइएको छ ।
तीन दिनसम्म सुजुकीका ग्राहकले ब्रेक, टायर, वाइपर, इन्जिन र इलेक्ट्रिकल प्रणालीलगायत वर्षायाममा बढी जोखिममा पर्ने भागको निःशुल्क जाँच, विशेषज्ञ मर्मत सल्लाह र पाट्र्स तथा सर्भिसमा विशेष छूटको सुविधा पाउनेछन् । कम्पनीले वर्षायाममा सवारीसाधन सुचारू राख्न सबै सुजुकी धनीलाई यस अवसरको लाभ लिन आग्रह गरेको छ ।
सिजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले भने, ‘नेपालमा मनसुन सवारीसाधनका लागि सबैभन्दा चुनौतीपूर्ण समय हो । यस अभियानमार्फत हाम्रो उद्देश्य ग्राहकलाई सर्भिस सुविधा प्रदान गर्नुमात्रै नभई मर्मतसम्भार र वर्षायाममा सुरक्षित सवारी चालनलाई प्रोत्साहन गर्नु पनि हो ।’
कम्पनीका अनुसार पाटर््स र लुब्रिकेन्टमा १० प्रतिशत छूट, लेबर चार्जमा २० प्रतिशत छूट, निःशुल्क जनरल जाँच, एसी र ब्याट्री जाँच साथै ब्रेक, टायर, वाइपर र इलेक्ट्रिकल प्रणालीमा विशेष ध्यान दिँदै एसोसरिजमा १५ प्रतिशत छूट तथा कार केयर र वर्षायाम सावधानीबारे निःशुल्क तालिम प्रदान गरिने छ ।
साथै, क्याम्पका क्रममा सुजुकीले तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहार प्रदान गर्नेछ । यो क्याम्प देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुनेछ


