CLI

टोयोटाका हाइलक्स र र्‍याभ फोर सार्वजनिक

काठमाडौं । टोयोटाले नयाँ हाइलक्स र र्याभ फोर हाइब्रिड ईभी सार्वजनिक गरेको छ । हाइलक्सको मूल्य १ करोड ५५ लाख र र्याभ फोरको मूल्य २ करोड १३ लाख रुपैयाँ तोकिएको छ ।

नयाँ हाइलक्समा डिजाइन, प्रविधि र सुविधामा सुधार गरिएको छ । अफरोड तथा व्यावसायिक प्रयोगका लागि लोकप्रिय हाइलक्सलाई नयाँ अवतारमा ल्याइएको हो ।

र्याभ फोरमा २ दशमलव ५ लीटर चार सिलिन्डर इन्जिन र इलेक्ट्रिक मोटर रहेको छ । यसको संयुक्त शक्ति २४० पीएस रहेको कम्पनीले जनाएको छ ।

Leave Your Comment

Related News