CLI

अपर तामाकोशी हाइड्रोपावरको सञ्चालकमा कंडेल नियुक्त

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक राजन ऋषि कंडेल नियुक्त भएका छन्।

नेपाल विद्युत प्राधिकरणले ७ साउन  गतेको पत्रमार्फत कंडेललाई प्राधिकरणको प्रतिनिधिका रूपमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा प्रतिनिधित्व गराउने जानकारी गराएको हो।

सोहीअनुसार कम्पनीको  ११ साउन गते बसेको सञ्चालक समितिको ३११औँ बैठकमा कंडेलले सञ्चालक पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

कम्पनी सचिव मित्रमणि पोखरेलले सञ्चालक पदमा भएको हेरफेरसम्बन्धी जानकारी सार्वजनिक गर्दै कंडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको जनाएका हुन्।

Leave Your Comment

Related News