काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको नाफामा कमी आएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ३४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १९.४५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४२ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६.४० प्रतिशतले घटेर २३ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २४ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल बीमाशुल्क आर्जन ०.२१ प्रतिशतले घटेर १ अर्ब ४८ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको कुल आम्दानी १२.७७ प्रतिशतले घटेर ९१ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ रहेको थियो ।
गत आवमा कम्पनीको कुल खर्च ६.१६ प्रतिशतले बढेर ५० करोड ३७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल खर्च ४७ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको महाविपत्ति कोषमा ६९ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटी १० अर्ब ७० करोड ११ लाख रुपैयाँ रहेको छ।
२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको जगेडा कोषमा २ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब २४ करोड ९८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब २३ करोड ७० लाख रुपैयाँ खर्चिएको थियो ।
कम्पनीको बीमा कोष १४.४४ प्रतिशतले बढेर ३ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी १२९.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६ हजार ४०७.५ रुपैयाँ रहेको छ। अघिल्लो आवमा ५९ करोड १८ लाख रुपैयाँ रहेको लगानी तथा अन्य क्षेत्रको आम्दानी गत वर्ष २२ प्रतिशतले घटेर ४६ करोड २२ लाखमा सीमित भएको छ ।


