CLI

भदौ लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति?

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । प्राप्त तथ्याङ्क अनुसार साउनको तुलनामा भदौ महिनामा निक्षेपको औसत ब्याजदर घटेको देखिन्छ ।

बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशत विन्दुबाट घटेर भदौमा ४.१३६० प्रतिशत विन्दुमा झरेको छ । त्यस्तै, संस्थागत निक्षेपको औसत दर पनि साउनको ३.११ प्रतिशत विन्दुबाट घटेर भदौमा ३.०८ प्रतिशतविन्दुमा झरेको छ ।

नेपाली वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ५ वटा बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंक सबैभन्दा अगाडि देखिएको छ, जसले व्यक्तिगततर्फ ०.२९ प्रतिशतविन्दु र संस्थागततर्फ ०.२ प्रतिशतविन्दुले ब्याजदर घटाएर  ३.७६ प्रतिशत र ३.०५ प्रतिशत कायम गरेको छ।

यस्तै, नेपाल बैंकले संस्थागततर्फ ०.५ प्रतिशतविन्दु र व्यक्तिगततर्फ ०.१ प्रतिशतविन्दुको ठूलो कटौती गर्दै नयाँ दर  ३.५ प्रतिशत र ४.१५ प्रतिशत निर्धारण गरेको छ। त्यसैगरी, व्यक्तिगत निक्षेपतर्फ ब्याजदर घटाउँदै सिटिजन्स बैंकले ३.८५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत र कुमारी बैंकले ३.७६ प्रतिशत कायम गरेका छन्।

यस अवधिमा नबिल बैंक र प्रभु बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत ब्याजदर दिँदै सबैभन्दा माथिल्लो स्थान कायम राखेका छन्।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंकसहित १५ वाणिज्य बैंकहरूले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

Leave Your Comment

Related News