CLI

वाणिज्य बैंकहरूको नाफा करिब ७० अर्ब , खुद ब्याज आम्दानी भने सुस्त

काठमाडौं । वाणिज्य बैंकहरुले अर्थिक वर्ष २०८२\८३मा  करिब ७० अर्ब रुपैयाँ नाफा कमाएका छन् । गत  आर्थिक वर्षको आसर महिनासम्म बैंकहरुले ६९ अर्ब ८८ करोड ३४ लाख नाफा कमाएका हुन् । यो गत वर्षको सोही अवधिमको तुलनामा ३५.५७ प्रतिशत धेरै हो । आघिल्लो   आवको सोही अवधिमा यी बैंकहरुले ५२ अर्ब ८१ करोड ७५ लाख मुनाफा आर्जन गरेका थिए ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । नबिलले १ वर्षमा ७ अर्ब ९० करोड खुद नाफा आर्जन गरेको हो । यो गत वर्षको सोही अवधिको तुलनामा ३३.५० प्रतिशत धेरै हो । त्यसपछि, कुमारी बैंकले भने ७ अर्ब ३८ करोड ७२ लाख नाफा आर्जन गरेको छ । यो नाफा आघिल्लो आवको भन्दा ३०५ प्रतिशत धेरै हो ।

यता, ग्लोबल आइएमई बैंकले ४ अर्ब १४ करोड नाफा कमाएको छ। एभरेष्ट बैंकले ५ अर्ब ६ करोड, प्राइम कर्मसियलले ४ अर्ब ११ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ७४ करोड र एनएमबि बैंकले ४ अर्ब १ करोड नाफा कमाएको छ ।

वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी

वाणिज्य बैंकहरूको मुख्य व्यवसायको सूचक मानिने खुद ब्याज आम्दानी समीक्षा अवधिमा १.२७ प्रतिशतको सुस्त वृद्धिमा सीमित भएको छ, जसमा १२ बैंकले आम्दानी बढाउन सफल भएका छन् भने ८ बैंकको आम्दानी घटेको छ। कुल १७ अर्ब ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दै नबिल बैंक शीर्ष स्थानमा रहन सफल भएको छ भने १६ अर्ब २० करोड रुपैयाँसहित ग्लोबल आइएमई बैंक दोस्रो र १२ अर्ब ९८ करोड रुपैयाँसहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेका छन्। अर्कोतर्फ, स्ट्याण्डर्ड चार्टर्ड बैंक ३ अर्ब ९४ करोड, नेपाल एसबिआई बैंक ५ अर्ब ३३ करोड र माछापुच्छ्रे बैंक ६ अर्ब ७ करोड रुपैयाँमा सीमित हुँदै सबैभन्दा कम ब्याज आम्दानी गर्ने संस्था बनेका छन्।

प्रतिशतका आधारमा खुद ब्याज आम्दानी बढाउनमा २८.७३ प्रतिशतको वृद्धिसहित प्रभु बैंक अग्रस्थानमा रहेको छ भने राष्ट्रिय वाणिज्य बैंक (१७.८५%) र एनएमबि बैंक (१७.५२%) ले पनि राम्रो प्रगति गरेका छन्। यसविपरित एनआइसी एशिया बैंकको खुद ब्याज आम्दानी सबैभन्दा बढी २२.५६ प्रतिशतले घटेको छ भने हिमालयन बैंक (१५.७४%) र स्ट्याण्डर्ड चार्टर्ड बैंक (११.६३%) को आम्दानीमा पनि उल्लेख्य गिरावट आएको छ। समीक्षा अवधिमा नबिल, कुमारी, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, एनएमबि, प्रभु, प्राइम, एभरेष्ट, सिद्धार्थ, सानिमा, माछापुच्छ्रे र नेपाल एसबिआई बैंकले खुद ब्याज आम्दानी बढाएका छन् भने ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल बैंक, कृषि विकास, हिमालयन, एनआइसी एशिया, सिटिजन्स र स्ट्याण्डर्ड चार्टर्ड बैंकको आम्दानी घटेको छ।

Leave Your Comment

Related News