काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ।
प्रहरी प्रधान कार्यालयमा मंगलबार भएको सम्झौतामा नेपाल बैंकका प्रमूख वित्त अधिकृत प्रकाशकूमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरे।
सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले सहूलियत सहितको बिभिन्न सूविधा रहने तलबि खाता खोलि बैंक नियमानूसार बिनाधितो कर्जा तथा अन्य बैकिंग सूविधा पाउन सक्नेछन् ।


