काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदी पनि ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६१० रुपैयाँ थियो ।


