नेप्सेबाट इन्साइडर ट्रेडिङ भएको पूर्व अर्थमन्त्री डा. महतको आरोप

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण्म महतले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट इन्साइडर ट्रेडिङ भएको आरोप लगाएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा महतले नेप्सेबाट इन्साइडर ट्रेडिङ भएको जानकारी आफूले नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट जानकारी पाएको दाबी गरेका छन्।

‘‘नेप्सेभित्रै इन्साइडर ट्रेडिङ भएको छ । यो जानकारी मलाई सेबानबाट आएको हो,’ उनले भने । यस विषयमा नेप्सेका अधिकारीलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने उनको भनाइ छ।

उनले केही दिनअघि प्रतिनिधि सभाको बैठकमा वित्तीय अवस्था कमजोर भएका कम्पनीको शेयर मूल्य जथाभावी रुपमा बढाएर लगानीकर्तालाई जोखिममा पार्ने काम भइरहेको बताएका थिए । त्यसपछि कतिपयले सामाजिक सञ्जालमा उनको आलोचना गरेका थिए ।

’मैले बजार बढ्नु हुँदैन, किन बढ्यो भनेर प्रश्न उठाएको होइन । कम्पनीको वित्तीय अवस्थामा सुधार नआई केही कम्पनीको सेयर मूल्य कसरी बढ्यो भनेर प्रश्न गरेको हो,’ महतले भने, ’सेबोन र नेप्सेले कारोबारको नियमन गर्नुपर्छ भनेर भनेको हो। यति बोल्दा स्टेटमेन्ट नै आएछ। नेप्सेकै सिस्टमभित्र छिरेर इन्साइडर ट्रेडिङ भयो नहोला भन्न सकिन्न।’

उनले नयाँ सरकार बनेपछि लगानीकर्ताको मनोबल बढ्नु स्वाभाविक भएपनि बजारले लिइरहेको उचाइ भने अस्वाभाविक भएको बताए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार