CLI

निर्जिवन बीमा सूचकले घटायो शेयर बजार, कारोबार रकम भने सुध्रियो

काठमाडौं । सोमबार शेयर बजार घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से २.०१ अंकले घटेर २६४१.८२ विन्दुमा पुगेर बन्द भएको हो ।
सोमबार सेन्सेटिभ इन्डेक्स १.०८ अंकले घटेर ४६३.६४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.४७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४९ अंकले घटेको हो ।

सोमबार ३५० वटा कम्पनीको १ करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ५२ करोड ५५ लाख पुगेको छ । जुन शुक्रबारको तुलनामा १ अर्ब २४ करोड ९९ लाखले बढी हो ।
शुक्रबार ३४४ वटा कम्पनीको ९७ लाख ५४ हजार कित्ता शेयर खरिद बिक्र िहुँदा कारोबार रकम ४ अर्ब २७ करोड ५६ लाख पुगेको थियो ।

यसदिन ५ वटा उपसमूह बढ्दा ८ वटा उपसमूह घटेको छ । जलविद्युत १७, उत्पादन र प्रशोधन १३५, म्युअुचल फण्ड ९ र व्यापार ५ अंकले बढ्दा बैंकिङ ७ , विकास बैंक १७, वित्त २७, होटल र पर्यटन २३, लगानी १, जीवन बीमा ४३, लघुवित्त ३० र निर्जीवन बीमा ६५ अंकले घटेको हो ।
यसदिन ७२ वटा कम्पनीको शेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यसदिन सर्वाधिक कमाउने शेयरहरुमा सर्वोत्तम पेन्टस १५ प्रतिशत, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट १५ प्रतिशत र रिलायन्स स्पिङ मिल्सको ११ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै सर्वाधिक गुमाउनेहरुमा फस्र्ट माइक्रोफाइन्न्स लघुवित्त ७ प्रतिशत,माहुली लघुवित्त ७ प्रतिशत र खानीखोला हाइड्रोपावर ६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

Leave Your Comment

Related News