CLI

हुवावेको’हुवावे स्मार्ट वाच फिट ५ प्रो’ नेपाली बजारमा सार्वजनिक ४३९०० मूल्य

काठमाडौं । हुवावे कन्सुमर (HUAWEI Consumer) का उत्पादनको आधिकारिक बितरक कल मोबिलिटी प्रा.लि ( Call Mobility Pvt. Ltd.) ले प्रिमियम डिजाइन, व्यावसायिक फिटनेस फिचर तथा स्मार्ट सुविधा भएको HUAWEI WATCH FIT 5 Pro आधिकारिक रूपमा नेपालमा सार्वजनिक गरेको छ।

यो स्माट्र घडिलाई विशेष बनाउन  भनदै HUAWEI ले सीमित अवधिका लागि विशेष अफर पनि ल्याएको जनाएको छ । HUAWEI WATCH FIT 5 Pro खरिद गर्ने ग्राहकले NPR 5,490 मूल्य पर्ने HUAWEI FreeBuds SE 2 निःशुल्क प्राप्त गर्न सक्ने कम मोबिलिटी प्रा. लि ले उल्लेख गरेको छ ।

प्रिमियम डिजाइन

यो स्मार्ट वाच  (HUAWEI WATCH FIT 5 Pro) मा Black Fluoroelastomer, Orange Grey Nylon र White Fluoroelastomer स्ट्र्याप विकल्पहरू रहेका छन् । यसले  प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत शैलीअनुसार घडी छनोट गर्न पाउनेछन्

स्मार्टवाचमा १.९२ इन्चको डिस्प्ले, केवल १.८ एम एम का अल्ट्रा-स्लिम बेजेल र अधिकतम ३०,०००निट ब्राइटनेस रहेको छ।

यो स्मार्ट वाचको ब्याट्री सामान्य प्रयोगमा १० दिनसम्म र नियमित प्रयोगमा ७ दिनसम्म  टिक्ने छ ।   वाच फिट ५ प्रो दैनिक जीवनशैलीसँग सहज रूपमा साथ दिन डिजाइन गरिएको कम्पनीको दावी रहेको छ ।

यसको मूल्य  नेपालभर  ४३ हजार ९ सय ९०  रहेको छ ।

 

Leave Your Comment

Related News