CLI

नाइमा मोविलिटी अटो शोमा  ४४ वटा म्याक्सस बुकिङ

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रा. लि. ले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ। जसमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएको कम्पनीले उलललेख गरेको छ ।

कम्पनीले यहि महिनामा  सार्वजनिक गरेको ई टेरेन कम्फर्ट भर्सन पिकअपलाई  ८८ लाख  बजारमा  ल्याएको हो  । कम्पनीले यो गाडिको बुकिङमा  नाइमा अटो शोमा  २ लाख छुट समेत प्रदान गरेको थियो। त्यसैगरी प्रिमियम भर्सनको मूल्य  १ करोड २८ लाख थियो भने यस मोडलको पिकअपमा  ५ लाख छुट प्रदान गरिएको थियो। कम्पनीले नाइमा अटो सो को लागि ल्याएको छुट अपर भाद्र १५ सम्म कायम राकेको उल्लेक गरेको छ  । यो छुट नाडा अटो सो सम्मको रहेको हो कम्पनीको पयो छुट अफरमा सहभगी बन्न  गाडि खरिद गर्ने ग्राहकहरूले हात्तीसार स्थित म्याक्ससको सोरुममा नै गएर बुकिङ गर्न सकिने कुरा कम्पनीले जानकारी दिएको छ।

उच्च ग्राउन्ड क्लिरेन्सका भएका कारण कन्स्ट्रक्सन तथा हाइड्रोपावर फिल्डमा भएका व्यवसायीहरूका लागि यो विद्युतीय पिकअप उपयुक्त हुनुको साथै किफायती समेत हुने जनाइएको छ। यो सुविधा सम्पन्न पिकअप चाइनाको विश्वसनीय तथा ख्याति प्राप्त कम्पनी SAIC अन्तर्गत Maxus कम्पनीद्वारा उत्पादन गरिएको भएका कारण पनि नेपाली ग्राहकहरूले यस कम्पनीलाई छिट्टै विश्वास गरेको पाइएको छ। यसका साथै हिमालय मोटोरोक्सले पनि बिक्रीपछिको सेवाका लागि सहज रूपमा स्पेयर पार्ट्स तथा सर्भिस सुविधा उपलब्ध  गराउने प्रतिवद्दता जाहेर गरेको छ ।

Leave Your Comment

Related News