CLI

ब्रोकर नं. ९३ माथि नेप्सेको कारबाही,३ कार्यदिनका लागि बेनी सेक्युरिटिजको कारोबार ठप्प

काठमाडौं  ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बेनी सेक्युरिटिज  निलम्बन गरेको छ।

सीडीएससी  को सिफारिसमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) लाई ३ कार्यदिनका लागि निलम्बन गरेको छ।

तोकिएको समयभित्र सेयर राफसाफ तथा फर्छ्यौट नगरेपछि यो कारबाही गरिएको हो। निलम्बन अवधिभर उक्त ब्रोकरमार्फत लगानीकर्ताले कुनै पनि सेयर खरिद-बिक्री गर्न पाउने छैनन्, जसका कारण बेनी सेक्युरिटिजका नियमित लगानीकर्ता प्रत्यक्ष प्रभावित बनेका छन्।

 

Leave Your Comment

Related News