CLI

जीवन बीमा सूचकले घटायो शेयर बजार, निरन्तर तीन दिन घट्यो बजार

काठमाडौं । बुधबार पनि शेयर बजार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार सेन्सेटिभ इन्डेक्स ०.०८ अंकले घटेर ४६१.० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.०२ अंकले घटेको हो ।

बुधबार ३४६ वटा कम्पनीको ९५ लाख ८ हजार ८८२ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब २९ करोड ८० लाख पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब ७७ करोड ५५ लाखले कम हो । मंगलबार ३४७ वटा कम्पनीको १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब ७ करोड ३५ लाख कारोबार रकम पुगेको थियो ।

यसदिन ८ वटा उपसमूह बढ्दा ८ वटा उपसमूह घटेको छ । बैंकिङ ०.९१, जलविद्युत ४, निर्जीवन बीमा १५,व्यापार २५ र अन्य समूह २ अंकले बढेको छ । यसैगरी विकास बैंक १, वित्त ५, होटल र पर्यटन २८, लगानी ०.२७, जीवन बीमा ३७, उत्पादन र प्रशोधन ५, लघुवित्त १५ र म्युअुचल फण्ड ०.०३ अंकले घटेको हो ।
यसदिन ११० वटा कम्पनीको शेयर मूल्य बढ्दा १५० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यसदिन सर्वाधिक कमाउने कम्पनीहरुको माउन्ट एभरेष्ट पावर डेभपलमेन्टको १५ प्रतिशत, सर्वोत्तम पेन्टस १५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक म्युअुचल फण्डको ३ प्रतिशतले शेयर मूल्य बढ्दा सर्वाधिक गुमाउने कम्पनीहरुको मनकामना इन्जिनियरिङ ८ प्रतिशत,सनराइज ब्लूची फण्ड ४ प्रतिशत र रिड लाइन इनर्जीको ३ प्रतिशतले शेयर मूल्य घटेको हो ।

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट १५ प्रतिशत र रिलायन्स स्पिङ मिल्सको ११ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै सर्वाधिक गुमाउनेहरुमा फस्र्ट माइक्रोफाइन्न्स लघुवित्त ७ प्रतिशत,माहुली लघुवित्त ७ प्रतिशत र खानीखोला हाइड्रोपावर ६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

Leave Your Comment

Related News