CLI

युनाइटेड अजोड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर थपियो नेप्सेमा

काठमाडौं । बुधवार दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थपिएको छ । युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस शेयर नेप्सेमा थपिएको हो । युनाइटेड अजोड इन्स्योरेन्सले विक्री गरेको १० प्रतिशत हकप्रद शेयर वापत्को २३ लाख १० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ९ दशमलव ५ प्रतिशत बोनस शेयर वापत्को ३ लाख ४ हजार ६८१ दशमलव १०७२ कित्ता शेयर पनि नेप्सेमा सूचीकृत भएको छ । बिहीवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

Leave Your Comment

Related News