CLI

कामना सेवा विकास बैंकको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ । कम्पनीले यस अघि संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो । तर, तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि आम सर्वसाधारणले खरिद गर्न पाउने गरि बैंकले सेयर बिक्रीमा राखेको हो ।

बैंकको संस्थापक समूहको ५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न भनि बैंकमा आवेदन दिएको र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गरिएको थियो । तर, तोकिएको समयमा सेयर खरिद गर्नका लागि कुनै पनि निवेदन प्राप्त नभएकोले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन नं. १०/२०८२ को बुँदा नं. १५ बमोजिम उक्त संस्थापक सेयर खरिद गरी लिन ईच्छुक अन्य व्यक्ति/संस्थालाई सेयर खरिदका लागि ७ दिनको समय तोकेर आवेदन माग गरिएको छ ।

सेयर किन्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा के कति कित्ता सेयर खरिद गरी लिनुहुने हो सोको व्यहोरा खुलाई निवेदन दिनु पर्नेछ ।

Leave Your Comment

Related News