CLI

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्तक वित्तीय संस्था लिमिटेडले संस्थाप सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी जगदीश साहको नाममा रहेको ३ हजार ५०० कित्ता सेयर बिक्रीका लागि राखेको हो ।

उक्त सेयरमा हाल कायम कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने कम्पनीले जनाएको छ । राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक सेयर किन्ने पहिला प्राथमिकता संस्थापक सेयरधनीहरुलाई हुने भएकाले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरिएको छ ।

सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा–५, काभ्रेपलाञ्चोक स्थित प्रशासन विभागमा लिखित निवेदन दिनु पर्ने छ । तोकिएको म्याद भित्र संस्थापक सेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा वा प्राप्त निवेदनबाट उल्लेखित सम्पूर्ण सेयर बिक्री नभएमा प्रचलित कानुन / व्यवस्था बमोजीम अन्य व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।

Leave Your Comment

Related News