CLI
Global College

भेन्चर हायर पर्चेजको १० औँ साधारणसभा भदौ ३० गते

काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठले १० औँ साधारणसभा भदौ ३० गतेको लागि आह्वान गरेको हो ।

उक्त सभा कम्पनीको कार्यालय पानिपोखरी काठमाडौंमा दिउसो ३ बजेदेखि सुरु हुने छ । सभामा संचालक समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेद, लेखा परिक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने र १५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै संचालक नियुक्तिको अनुमोदन गर्ने, स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने, संचालक समितिको बैठक भत्ता तोक्ने र सार्वजनिक निष्काशन सम्बन्धमा छलफल गरि पारीत गर्ने छ ।

 

Leave Your Comment

Related News