CLI
Global College

प्रभु म्युचुअल फण्डका दुई योजनाले १२/१२ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा बन्दमुखी योजनाले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन्।

प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले इकाईधनीलाई १२/१२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका हुन्।

प्रभु क्यापिटल लिमिटेडको सञ्चालक समितिको भदौ ५ गते शुक्रबार दिउँसो ४ बजे बसेको २३३औँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि करसहित १२/१२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

बैठकले दुवै बन्दमुखी योजनाका इकाईधनीलाई समान दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

लाभांश वितरणसम्बन्धी अन्य प्रक्रिया तथा इकाईधनी दर्ता किताब बन्द हुने मितिबारे कम्पनीले पछि जानकारी गराउने जनाएको छ।

Leave Your Comment

Related News