काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख १९ हजार ५ सय रुपैयाँ थियो ।
त्सयतै, चाँदी भने १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँ थियो



