CLI
Global College

चोरीको स्कुटरमा ‘राइड शेयरिङ’को काम गर्दै आएका युवक पक्राउ

काठमाडौं । राइड सेयरिङको काम गर्दै आएका एक युवक चोरीको स्कुटरसहित काठमाडौँबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ७ घर भइ नयाँ बसपार्कमा रहेको एक होटेलमा बस्दै आएका ३९ वर्षीय सरोज खनाल रहेका प्रहरीले जनाएको छ।

घटना विवरणअनुसार काठमाडौँको नक्सालबाट भक्तपुर दरबार स्क्वाएरसम्म जाने क्रममा एक यात्रुले ल्यापटपको झोला स्कुटिमै बिर्सेपछि ती चालक सम्पर्कविहिन भएका थिए।

पछि पीडितको आग्रहअनुसार ट्राफिक प्रहरीले खोज तलासको क्रममा खनाललाई स्कुटरसहित पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा निजले तेस्रो व्यक्तिको राइड सेयरिङ आईडी प्रयोग गरेर राइड सेयरिङको काम गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

उनले स्कुटरमा परिवर्तित नम्बर वा प्र ००-०० प ०० नम्बर प्रयोग गरेको खुलेको छ।

उक्त स्कुटर गएको असार २३ गते काठमाडौं महानगरपालिका- २६ गोङ्गवुबाट चोरी भएको प्रहरीले जनाएको छ।

केही समय अगाडि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले खोजतलास गरि हराएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा एउटा मोटरसाइकलको डिकिभित्र निज सरोज खनालको नागरिकता पनि फेला परेको थियो।

यसबाट उनी मोटरसाइकल चोरी कार्यमा लामोसमय देखि सम्लग्न हुँदै आएको र अन्य मोटरसाइकल पनि चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

खनालमाथि थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगन्जमा पठाइएको छ।

फेला परेको ल्यापटप सम्बन्धित व्यक्तिलाई ट्राफिक प्रहरीले बुझाएको छ।

Leave Your Comment

Related News