सिटिजन्स क्यापिटलको साधारणसभा हुँदै लाभांस पारित गर्ने

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भाद्र १७ गते एटिक मिटिङ्ग हल, ज्ञानेश्वरमा विहान ११ बजे सभा बोलाएको हो ।

सभाले चुक्ता पूँजीको १५.५० प्रतिशतका दरले हुन आउने रकम तीन करोड दस लाख नगद लाभांश (लाभांश कर समेत) पारित गर्ने छ । सभाले आव २०८१\८२ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

यस्तै, सभाले आ.व. २०८०\८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको कम्पनीको वासलात र साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सानीको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि सभाले भदौ ६ गते बुक क्लोक गर्ने भएको छ । तसर्थ ५ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार