काठमाडौं । के.वि.एल.सेक्यूरिटिज लिमिटेडले असोज २ गतेका लागि साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समतिको बैठकले असोज २ गतेका लागि चौथो वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभा कुमारी बैंक लिमिटेडको प्रमुख कार्यालय, टंगाल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रपमा सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८२/८३ को वासलात, नाफानोक्सान हिसाव र सोहि अवधिको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत उपर छलफल गरी पारित गर्ने, आ.व.२०८३/०८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कर सहित चुक्ता पूँजीको ७.५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।
त्यस्तै वार्षिक साधारण सभा प्रयोजनको लागि बैंकको सेयरधनी दर्ता पुस्तिका मिति २०८३/०५/११ गते एक दिन बन्द रहनेछ । सो मितिसम्म सेयर दर्ता किताबमा कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांशको लागि योग्य हुनेछ । सभामा भाग लिन वा मतदान गर्नको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने सेयरधनीहरुले सो सम्वन्धी निवेदन सभा शुरु हुनु भन्दा ७२ घण्टा पहिले विहान ११ः०० बजे भित्र कम्पनीको रजिष्टर्ड कार्यालय, गैह्रीधारामा दर्ता गराई सक्नु पर्नेछ । यसरी प्रतिनिधि नियुक्त गरिएका व्यक्ति कम्पनीको सेयरधनी हुनु आवश्यक छ ।
प्रतिनिधि (प्रोक्सि) नियुक्त गरिसक्नु भएका सेयरधनी आफै सभामा उपस्थित भई हाजिरी किताबमा दस्तखत गरेको खण्डमा पहिले दिइएको प्रोक्सि स्वतः बदर हुनेछ । साथै एक जना सेयरधनीले एक भन्दा बढीलाई प्रतिनिधि (प्रोक्सि) मुकरर गरेमा प्रतिनिधि (प्रोक्सि) स्वतः बदर हुने कम्पनीले जनाएको छ । तर प्रतिनिधि (प्रोक्सि) दिने सेयरधनीले आफुले अघि दिएको प्रतिनिधि बदर गरेको व्यहोरा स्पष्ट उल्लेख गरी छुट्टै निवेदन दिई अर्को सेयरधनीलाई प्रतिनिधि नियुक्त गरेमा त्यसरी नियुक्त प्रतिनिधिले सभामा भाग लिन र मतदान गर्न पाउनेछ । यस्तो अवस्थामा अघिल्लो प्रतिनिधि स्वतः बदर भएको मानिनेछ।
सेयरधनी महानुभावलाई सेयरधनीको लगतमा कायम रहेको सम्बन्धित ठेगानामा वार्षिक आर्थिक विवरण, सञ्चालकको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन पुस्तिका पठाईने छ ।



