काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात् आएको बाढी तथा पहिरोको कारण जोखिममा परेका नागरिकको सुरक्षित उद्धारमा लाग्ने पार्टी सदस्यहरुलाई निर्देशनदिएको छ ।
मंगलबार विपिन कुमार आचार्य महामन्त्रीले मंगलबार प्रेस विज्ञप्ति जारी गदै जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सेवामा सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यहरूलाई निर्देशन गरिएको बताए । ‘भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटको तटीय क्षेत्रमा पुगेको क्षति र यसको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भनी बाढी पूर्वानुमान शाखाले जारी गरेको चेतावनीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्रहरू यतिबेला उच्च जोखिममा रहेकाले सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न हामी सरकार, स्थानीय प्रशासन र आम नागरिकमा विशेष आह्वान गर्दछौं, ’ विज्ञप्तिमा भनिएको छ ।
उनले जोखिमपूर्ण तटीय बस्तीहरूका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । ‘ बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरूलाई उच्च सतर्कताका साथ परिचालन गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँछौं। जोखिमपूर्ण तटीय बस्तीहरूका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
रास्वापाले यस विपद्को संवेदनशील घडीमा, नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई संयमता अपनाउँदै तत्काल सुरक्षित र उच्च स्थानमा सर्न पनि हामी हार्दिक अपील गरेको छ । अवस्था सामान्य नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक सम्बन्धित नदी तटीय सडकहरूमा कुनै पनि प्रकारको यात्रा नगर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा राव्पाले आग्रह समेत ग रेको छ ।
रास्वपाका अनुसार कुनै पनि आपतकालीन अवस्था सिर्जना भएमा तत्काल नेपाल प्रहरीको टोल-फ्री नम्बर १०० र आपतकालीन नम्बर १२३४ मा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।



