सेयर बजारमा पौने २६ अर्बको कीर्तिमानी कारोबार रकम हुदाँ यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारले कारोबार रकममा कीर्तिमान कायम गरेको छ । आइतबार ९४.४६ अंकले बढेको सेयर बजार २८६०.८४ विन्दुमा पुगेर बन्द हुदाँ कारोबार रकम पौने २६ अर्ब रुपैयाँ पुगेको छ । सेयर बजारका सम्पूर्ण सूचकहरु हरियाली छाउदा क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १८.२३ अंकले बढेर ५०१.९१ विन्दुमा पुगेर बन्द भएको छ ।
आइतबार २२५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आइतबार ३३० वटा कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर २ लाख ७५ हजार २०७ पटक कारोबार हुदाँ कारोबार रकम २५ अर्ब ७७ करोड ९४ लाख  ५३ हजार रुपैयाँ रह्यो ।
बजार पूँजीकरण रकममा समेत वृद्धि हुदाँ उक्त रकम ४५ खर्ब ४१ अर्ब ३ करोड ३२ लाख रुपैयाँ रह्यो ।
१३ वटा समूह सूचकको सेयर मूल्य बढेको छ । बैकिङ ४९.६८, विकास बैंक १३६.९२, वित्त ११६.८७, होटल र पर्यटन ६७.२०, जलविद्युत १३६.०७, लगानी ४.६२, जीवन बीमा ६०५.०४, उत्पादन र प्रशोधन १४२.६४, लघुवित्त २३०.३५, निर्जीवन बीमा ४६२.५१, व्यापार १११.९४ र अन्य ५८.३० अंकले बढेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, शिवम सिमेन्ट, नेपाल पूर्वाधार विकास बैंक (निफ्रा), नेपाल फाइनान्स र अप्पर तामाकोशी रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ५२ करोड २ लाख रुपैयाँ, शिवम सिमेन्टको १ अर्ब १६ करोड ६४ लाख रुपैयाँ, नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ६८ करोड २७ लाख रुपैयाँ, नेपाल फाइनान्सको ५९ करोड ७४ लाख रुपैयाँ र अप्पर तामाकोशीको ५५ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार