काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोजी तथा उद्धार कार्यका क्रममा हिजो थप १९ जना विदेशी नागरिकहरू फेला परेका छन्।
उद्धार टोलीले दिएको पछिल्लो जानकारी अनुसार फेला पर्नेहरूमा सबैभन्दा बढी भारतका ११ जना रहेका छन्। यसैगरी कोरियाका ४ जना, इटालीका २ जना र अमेरिकाका २ जना नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ।
बाढीका कारण सम्पर्कविहीन भएका पर्यटक तथा स्थानीयको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा निरन्तर खटिएका छन्। उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक प्राथमिक उपचार र राहत सामग्री उपलब्ध गराइएको छ भने बाँकी बेपत्ताहरूको खोजी कार्य अझै तीव्र पारिएको छ।





