काठमाडौं । रसुवाको भोटोकोशीमा बुधबार आएको बाढीका कारण बेपत्ता नागरिकहरुको उद्धारको क्रममा नेपाल सेनाले २४१ जनाको उद्धार गरेको छ ।
उद्धार गरिएको २४१ जनाको नेपाली सेनाको त्रिशूलीस्थित नं १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ । उद्धार पछि उनीहरुको उपचार तथा राहत प्रदान गरिएको छ ।
भोटेकोशी नदी रसुवाका बाढपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले उद्धार कार्यलाई निरन्तर दिइरहको छ । सेनाका अतिरिक्त सशस्त्र, नेपाल प्रहरी, रेडक्रस लगायतका संघ संस्थामा उद्धारमा लागेका छन् ।





