CLI
Global College

भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्न चाहने स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विदेशी नागरिकलाई प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले क्यूआर कोड तथा सरकारले तोकेको अनलाइन प्रणालीमार्फत रकम जम्मा गर्न सकिने जनाएको छ।

मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आर्थिक सहयोगसँगै भौतिक सामग्री उपलब्ध गराउन चाहने अन्तर्राष्ट्रिय संस्था, व्यक्ति तथा शुभेच्छुकलाई समेत सरकारले स्वागत गरेको छ।

भौतिक सामग्रीमार्फत सहयोग गर्न इच्छुक अन्तर्राष्ट्रिय संघसंस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै मन्त्रालयले आवश्यकताको पहिचान तथा मूल्यांकनका आधारमा थप सहयोगका लागि सरकारले समन्वय गर्ने जनाएको छ।

सरकारले विपद्पछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा सहयोग जुटाउने प्रक्रिया पनि अघि बढाइरहेको जनाएको छ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारलाई थप स्रोत आवश्यक परेको छ।

Leave Your Comment

Related News