CLI
Global College

शिखर पावर डेभलपमेन्टको सामूहिक लगानी कोषका लागि छुट्याएको १ लाख बढी कित्ताको लकइन अवधि सकिदै

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १ लाख ११ हजार कित्ता साधारण सेयरको लक–इन अवधि समाप्त हुने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार उक्त सेयरको लक–इन अवधि २०८३ असोज २ गते समाप्त हुने जानकारी दिएको हो ।

कम्पनीको जारी पूँजी ९८ करोड रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ९ लाख ८० हजार कित्ता सेयर बाँडफाँट गरेको थियो । बाँकी सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ११ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको थियो ।

उक्त सेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री गर्न नपाइने गरी लक–इनमा राखिएको थियो । सो अवधि असोज २ गते पूरा हुने कम्पनीले जनाएको छ । कम्पनीको सेयर रजिस्ट्रारको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

Leave Your Comment

Related News