CLI
Global College

प्रभु क्यापिटल अन्तर्गतका दुई म्युचुअल फण्डको प्रतिफल घोषणा, कुनको कति ?

काठमाडौं । प्रभु क्यापिटल अन्तर्गतका दुई म्युचुअल फण्डले प्रतिफल घोषणा गरेका छन् । प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले आफ्ना इकाइधनीहरुका लागि वितरण गरिने प्रतिफल घोषणा गरेका हुन् ।

यी दुवै योजनाका इकाइधनीहरुले १२ प्रतिशत नगद लाभांश प्राप्त गर्ने भएका छन् । योजना व्यवस्थापकको भदौ ५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले योजनाको इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश प्रयोजनको लागि योजनाको इकाईधनी दर्ता किताब भदौ २५ गते बिहिबार एक दिनको लागि बन्द गर्ने पनि निर्णय गरिएको छ । सो अनुसार दर्ता किताब बन्द हुने मिति भन्दा अघिल्लो दिनसम्म नेप्सेको प्रणालीमा कारोबार भई रितपूर्वक दाखिल खारेज हुन आएका इकाईधनीहरु मात्र नगद लाभांश प्राप्त गर्ने छन् ।

साथै आफ्नो इकाई धितो राखेका इकाईधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवब पत्र अनिवार्य पेश गरे पश्चात् मात्र उक्त नगद लाभांश बैंक खातामा जम्मा गरिने जनाइएको छ ।

Leave Your Comment

Related News