आबे हत्या प्रकरणमा आजीवन सजाय

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ । तीन वर्षभन्दा बढीअघि खुलेआम गरिएको उक्त हत्याले जापान मात्र नभई, विश्व समुदायलाई नै स्तब्ध पारेको थियो । नारा सहरको अदालतमा न्यायाधीश शिनिची तनाकाले सजाय सुनाउनुभएको हो । मुद्दाप्रति जनचासो अत्यधिक देखिएको थियो । बुधबार […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

सुर्खेत । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । छ वर्षअघि रु ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले शतप्रतिशत भौतिक […]

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दे

काठमाडौं । बैंक प्रणलिमा अधिक तरलत भएपछि नेपाल रष्ट्र बैंकले आज ७ गत २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको हो ।  राष्ट्र बैंकले ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार माघ ७ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ […]

याङ्गोले ल्यायो व्यक्तिहरू र साना व्यवसायहरूका लागि लचिलो डेलिभरी सेवा

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सुरु गरेको छ। यस सेवाले काठमाडौँभित्र पार्सल ढुवानीका लागि (व्यक्ति–व्यक्ति) र (साना तथा मध्यम व्यवसाय) का लागि सहज र प्रभावकारी समाधान प्रदान गर्छ। अब याङ्गो एपले राइड–हेलिङ र डेलिभरी दुवै सेवाहरू एकै ठाउँमा […]

सुनको भाउमा नयाँ रेकर्ड, एकै दिन तोलामा १० हजार १ सय रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुन को मूल्य  सर्वाधिक उचाइमा  पुगेको छ । यस दिन सुन १० हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदि ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो । चाँदी पनि ४० […]

उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । यस संस्थाको माघ ६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश दिने निर्णय गरेको हो ।

मञ्जुश्री फाइनान्सको नाफा १३ करोड ५३ लाख, प्रतिसेयर आम्दानी २० रुपैयाँ

काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा फाइनान्सको खुद नाफा ११ करोड ७० लाख रुपैयाँ रहेको थियो। खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानीमा आएको सुधारले नाफा बढेको हो । यस […]

च्याम्पियन्स लिग : रियलको गोलको वर्षा, सीटी र पिएसजी पराजित

काठमाडौं । च्याम्पियन्स लिगमा रियल मड्रिडले गोल वर्षा गर्दै मोनाकोमाथि ६–१ को सानदार जित निकालेको छ । मंगलबार राति सान्टियागो बर्नाबेउमा भएको खेलमा किलियन एमबाप्पेले दुई गोल गरे । भिनिसियस जुनियरले एक गोलसँगै दुई असिस्ट प्रदान गरे । फ्रान्को मास्तान्तुओनो र जुड बेलिङह्यामले एक–एक गोल थपे । मोनाकोका लागि एक मात्र गोल जर्डन टेजेले गरे […]

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू यो वर्ष काम नपाउँदा चिन्तित भएका हुन् । स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आएका छन्। यही पेसाबाट उनले पाँच जनाको परिवारको पालनपोषण […]

४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं । रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औँ समूहअन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मङ्गलबार आयोजित तालिम समापन कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले प्रशिक्षार्थीलाई पुरस्कार […]