निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न प्रशासनको आग्रह

नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचन आचारसंहिता परिपालन गर्न ध्यानाकर्षण गराएको छ । आज जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति रवी लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना आएको जनाउँदै प्रशासनले निर्वाचन आचारसंहिता आकर्षित हुनेगरी गतिविधि नगर्न ध्यानाकर्षण गराइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन […]

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

काठमाडौं । भारतलाई लिएर बंगलादेश र पाकिस्तानबीच देखिएको असन्तुष्टि अब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सम्म पुगेको छ।मोस्ताफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिर राखिएपछि विवाद सुरु भएको थियो। त्यसपछि सुरक्षा चिन्ताको कारण देखाउँदै बंगलादेशले भारतमा विश्वकप खेल्न नजाने निर्णय गरेको थियो। लगत्तै आईसीसीले बंगलादेशलाई बाहिर राख्दै स्कटल्यान्डलाई विश्वकप खेलाउने निर्णय गरेको थियो। यी सबै घटनाक्रमपछि […]

होटल फरेस्ट इनको आईपीओमा माग भन्दा ८ गुणा बढी आवेदन

काठमाडौं । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा माग भन्दा झन्डै ८ गुणा बढी आवेदन परेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता सेयरको लागि आवेदन माग गरे पनि अन्तिम दिनसम्ममा २३ लाख ३० हजार ८६ आवेदनकर्ताबाट २ करोड ६३ लाख ६० हजार ५ सय कित्ता सेयरको लागि आवेदन परेको हो […]

विद्युत बिक्री आम्दानी बढेपनि घलेम्दी हाइड्रोको नोक्सानी बढ्यो

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको नोक्सानी थप बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नोक्सानी साढे १ करोड माथि पुगेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा १६ लाख ९७ हजार रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ७० लाख रुपैयाँ नोक्सानी […]

खाना पकाउने ग्यासको अभाव भए सिधै उद्योगमा सम्पर्क गर्न निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगमले आगामी निर्वाचनलाई मध्यनजर गर्दै उपभोक्तालाई एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था गरेको छ । निगमले फेब्रुअरी महिनाका लागि साबिकको कोटामा २ हजार मेट्रिक टन थप गरी हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको जानकारी दिएको हो । काठमाडौं उपत्यकामा रहेका २३ वटा ग्यास उद्योगहरुले दैनिक […]

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगका अनुसार हालसम्म […]

ताप्लेजुङमा भूकम्पको धक्का 

काठमाडौं । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएको स्थान नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।

पश्चिमी वायुको प्रभाव कायमै, चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ । युरोपियन यूरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ […]

राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्न लागेको ‘राष्ट्रिय आर्थिक गणना–२०८२’ लाई सफल र उपलब्धिमूलक बनाउने अभियानमा नेपाल उद्योग परिसङ्घ सरिक हुने भएको छ । राष्ट्रिय आर्थिक गणना सञ्चालन तथा सहकार्य गर्ने सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रियामा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अभियानलाई सफल तुल्याउन सम्पूर्ण उद्योगी व्यवसायीका तर्फबाट सक्दो सहयोग हुने बताए। राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख […]