भारतीय राजदूतलाई प्रधानमन्त्री ओलीले भनेः छिमेकीविरुद्ध भूमि प्रयोग गर्न दिइने छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट […]

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

काठमाडौं । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन […]

बालबालिका क्षेत्रमा सरकारको लगानी अत्यन्त न्यूनः सांसद राना

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले सरकारद्वारा बालबालिकाको क्षेत्रमा गरिएको लगानी अत्यन्त न्यून भएको बताएकी छन्। उनले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता पूरा गर्न राज्य गम्भीर नभएको टिप्पणी गरेकी हुन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले सन् १९९० मै नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि बिना विमति अनुमोदन गरे पनि त्यसको कार्यान्वयनमा राज्य कमजोर देखिएको […]

बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

काठमाडौं । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरू बीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको छ । उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैं ध्यान दिने हुन्डाई नेपाल आजको दिनमा सबैभन्दा सफल […]

भारत–पाकिस्तान तनाव चुलिँदा सीमावर्ती भारतीय बस्तीहरूमा त्रास बढ्दो

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव पछिल्ला दिनहरूमा चुलिँदै जाँदा नियन्त्रण रेखा (एलओसी) आसपासका क्षेत्रहरू पुनः द्वन्द्वको चपेटामा परेका छन्। पाकिस्तानद्वारा लगातार युद्धविराम उल्लंघन भएको भारतले आरोप लगाएपछि सीमामा भड्किएको गोलीबारी र तोपखानाले सीमावर्ती भारतीय बस्तीमा त्रासको वातावरण सिर्जना गरेको छ। यसै कारण भारततर्फका नागरिकहरू घर छोडेर सुरक्षित स्थानतर्फ विस्थापित भइरहेका छन्। भारतीय विदेश मन्त्रालयका […]

एक्सलाई ८ हजारभन्दा बढी खाता ब्लक गर्न भारतको निर्देशन

काठमाडौं । भारतले एक्सलाई आठ हजारभन्दा बढी खाता ब्लक गर्न आदेश दिएको प्लेटफर्मले बिहीबार जानकारी दिएको छ । साथै प्लेटफर्मले सरकारद्वारा लागू गरिएको ‘सेन्सरसिप’ भनेर वर्णन गरेको कुरासँग अनिच्छापूर्वक पालना गरिरहेको जनाएको छ । यो कदम भारतको व्यापक कारबाहीको हिस्सा जस्तो देखिन्छ, जसले आणविक–सशस्त्र छिमेकीहरू बीच बढ्दो तनाव र घातक झडपहरूका बीचमा पाकिस्तानी राजनीतिज्ञ, सेलिब्रिटी […]

सुन १४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रति तोला १ हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ९२ हजार २०० रुपैयाँ थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य […]

राजस्व लक्ष्य नपुगेपछि सरकारले प्रदेश र स्थानीय तहलाई दिने अनुदान काट्यो

काठमाडौं । संघीय सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा प्रदेश र स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान कटौती गरेको छ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको चौथो त्रैमासिक किस्ताबापत २५ प्रतिशत अनुदानमध्ये २०.६८ प्रतिशत मात्र हस्तान्तरण गर्न परिपत्र जारी गरेको हो। महालेखा नियन्त्रक कार्यालयले वैशाख १९ गते कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई पठाएको परिपत्रमा चैत […]

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण शुरु

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय÷ व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजब्ँट शुरु भएको मेला वैशाख […]

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

काठमाडौं । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ ।  भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो । यस दुःखद् घडीमा नेपाल र भारत […]