पेट्रोलियम पदार्थ अभाव भए सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने

काठमाडौं । मध्यपूर्वमा भएको द्धन्द्धका कारण पेट्रोलियम पदार्थ अभाव भएमा सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार इरान र अमेरिका–इजरायलका कारण पेट्रोलियम पदार्थको अभाव भएमा सवारी साधनमा जोर बिजारे प्रणाली लागु गर्ने तयारी गरिएको हो । द्धन्द्धका कारण प्लाष्टिकजन्य उद्योग समस्यमा परेको समयमा मन्त्रालयको उक्त धारणा […]

८ महिनामा निर्जीवन बिमा कम्पनीको ३१ अर्ब ७० करोड बिमाशुल्क संकलन

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरूले २०८२/८३ को ८ महिनामा ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेका छन्। यस अवधिमा १४ निर्जीवन बिमा कम्पनीहरूले १८ लाख ६२ हजार ११४ वटा बिमालेख बिक्री गर्दै ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। फागुनमा मात्र २ लाख ५ हजार ७७८ बिमालेख बिक्री भएका छ। नेपाल […]

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमका क्रममा सहभागीहरुलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा […]

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय सचेतनामूलक कार्यक्रम मनाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले मिति एक साता ग्लोबल मनी विक २०२६ मा सप्ताहव्यापी देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमअन्तर्गत बैंकले आफ्ना सबै प्रदेशका शाखामार्फत विभिन्न विद्यालय तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी तीन हजारभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गर्न सफल भएको […]

२३.८३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेको छ । बजार २९६०.४०  अंकमा पुगेरा बन्द भएको छ । यस दिन ३४१ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख २६ हाजर ९४७ पटक्को कारोबार हुँदा ३ करोड ५८ लाख २२ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने १४ अर्ब ८३ करोड […]

शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

सुनसरी । रामधुनी नगरपालिका–६स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटकीयस्थलका रुपमा विकास गरिएको हो। सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईका अनुसार यहाँ दैनिक हजारौँ पर्यटक आउने गरेका छन् । […]

बजेट अभावमा विद्यालय भवन निर्माण अधुरो

काठमाडौं । दक्षिण यहाँको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ । विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख बजेटमा निर्माण थालिएको थियो । थप बजेट व्यवस्थापन हुन […]

समपूरक र विशेष अनुदान लिन तीन हजार ५ सय आयोजना प्रस्ताव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहबाट करिब तीन हजार ५०० आयोजनाको प्रस्ताव परेको छ । राष्ट्रिय योजना आयोगका अनुसार स्थानीय तहबाट तीन हजार ३५८ र प्रदेशबाट १४० आयोजना तथा कार्यक्रमको प्रस्ताव परेको हो । आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष […]

इरानी उर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग उपलब्धी मुलक वार्ता गरे पछि इरानी उर्जा पुर्वाधार विरुद्धको आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताएको छ । यद्यपि इरानले भने वार्ता भएको कुरा अस्वीकार गरेको छ । यदि इरानले ४८ घण्टा भित्र हर्मुजको जलक्षेत्र पूर्ण रूपमा नखोलेमा सम्पुर्ण इरानी पुर्वाधारहरु नष्ट गर्ने ट्रम्पको धम्की पछि आक्रमण स्थिगितको […]

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

न्युयोर्क। जरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा इजरायलले लगभग दैनिकजसो आक्रमण गर्ने गरेकाले निर्दोश प्यालेस्टाइनीहरुको मृत्यु हुने, घाइते हुने र सम्पत्तिको क्षतिको साथै विस्थापन सामना गर्नु परेको जनाएको छ । प्रवक्ताले महासचिवको […]