युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्दथे। उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गरे । एक दिन उनका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाए । “इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ”, महराले भने, “हाउस डेकोरेसनको […]

कुमारी घरको छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न […]

कँडेलको चरा पाल्ने रहर : वनकुखुरा पालनमा ५० लाख लगानी

बागलुङ । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो । कँडेलले २०७५ सालमा रहरले […]

थारू महिलाको पौरख : नेपालगञ्जलाई अग्र्यानिक स्वाद

बाँके । नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले उत्पादन गरेको अग्र्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ। थारू महिलाको मिहिनेतले उत्पादन भएको यो ताजा उपजले अहिले नेपालगञ्जवासीलाई मात्रै लोभ्याएको छैन, महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण पनि प्रस्तुत गरेको छ। प्रत्येक दिन बिहानीपख नेपालगञ्जको धम्बोझी […]

मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्दै सोलु हाइड्रोपावर

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये […]

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी […]

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रूपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

भोजपुरका किसानलाई धान थन्क्याउन चटारो

भोजपुर । भोजपुरका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैं–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् । केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन् […]

मधेशमा थुनिएका सांसदहरू २ घण्टापछि प्रहरीको सहयोगमा बाहिरिए

जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात  राजनीतिक दलका सांसदहरू २ घण्टापछि प्रहरीको सहयोगमा बाहिरिएका छन् । मधेश प्रदेशका सभामुखले पद अनुकूल आचारण नगरेको प्रस्ताव दर्ता गर्न उनीहरू बिहीबार उपसभामुखको कार्यकक्षामा पुगेका थिए ।तनावका बीच प्रस्ताव दर्ता गरेपछि उपसभामुखको कार्यकक्षबाट बाहिर खोज्दा सभामुख रामचन्द्र मण्डल र नेकपा एमालेका नेता-कार्यकर्ताहरूबीच  हात हालाहाल […]

स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक

गण्डकी। पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन । यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो । ‘नेचर, कल्चर र एडेभन्चर’लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल आधारसमेत मानिन्छ । प्रकृति र संस्कृतिले सजिएको पोखरा साहसिक पर्यटन गन्तव्यका रुपमा पनि परिचित छ । प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्मका साहसिक खेल […]