राष्ट्रिय परिचय पत्र नागरिक एपमा उपलब्ध

काठमाडौं । अब नेपाली नागरिकले राष्ट्रिय परिचय पत्र डिजिटल रूपमा नागरिक एप मार्फत प्राप्त गर्न सक्ने भएका छन्। सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गर्दै नागरिकका लागि सरकारी सेवा सहज बनाउन राष्ट्रिय परिचय पत्रलाई एपमा मंगलबारदेखि समावेश गरेको हो । राष्ट्रिय परिचय पत्रको आवेदन दिई सकेका नागरिकहरूले आफ्नो परिचय पत्र नम्बर नागरिक एपमा राखे पछि नागरिकको […]

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो। यो सँगै शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार लागि […]

सिद्धबाबा सुरुङमार्ग आज ब्रेकथ्रु हुँदै

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आज (शुक्रबार) ब्रेकथ्रु हुने भएको छ। सुरुङको ब्रेकथ्रु प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख कृष्णराज अधिकारीले ब्रेकथ्रुका लागि सबै आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा अन्य […]

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह बिहीबार एक समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको बताए । अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सृजनामा अगाउन आग्रह गर्दै औसत कार्य भन्दा असाधारण कार्य गर्नको लागि अनुरोध गरे […]

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २ को पुरस्कार वितरण सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २” को पुरस्कार वितरण कार्यक्रम माघ १० गते सम्पन्न गरेको छ । बैंकले काठमाडौंकको दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच प्रथम, द्धितिय, तृतीय स्थान तथा पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार वितरण गरिएको हो । […]

कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पा बिच बैंकका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई ओपिडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयु, शल्यक्रिया तथा एक्स–रे/युएसजीमा १० प्रतिशत, र ल्याब टेस्टमा ५ […]

गरिमा विकास बैंकको थ्रीडी सेक्योर ई-कमर्श सेवा सुरु

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यले थ्रीडी सेक्योर ई–कमर्श सेवाको सुरुवात गरेको छ । बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकको डेविट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्रीडी सेक्योर ई–कमर्श सेवाको […]

टीभीएस मोटरद्वारा राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना

काठमाडौं । टीभीएस मोटर कम्पनीद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा, जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरूले सहभागिता जनाएका छन् । प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्न्ीीसइन्रू नेपालभरबाट छानिएका उत्कृष्ट टेक्न्ीीसइन्रु हुन् । तिनले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्नीसियनहरूको क्षमता बृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनीधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा […]

बाँकेमा तीन सय उद्योग तथा फर्म खारेज

बाँके । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ६ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ दुई सय ३८ उद्योग तथा […]

बीवाइडी सीलायन ७ सार्वजनिक, फुल चार्जमा ५६७ किलोमिटरको रेन्ज दिने

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता चिनियाँ कम्पनी बीवाइडीले आफनो प्रिमियम स्पोर्टस विद्युतीय कार सीलायन ७ सार्वजनिक गरेको छ । भारतीय मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा बीवाइडीको सीलायन ७ सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार उक्त कार फूल चार्जमा ५६७ किलोमिटर गुड्छ ।  यो प्रिमियम र परफर्मेन्नस गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य […]