युनलाई पाँच वर्ष कैद

सियोल । दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४ को अन्त्यतिर उहाँले जारी गर्नुभएको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपहरूमा दायर आठवटा आपराधिक मुद्दामध्ये यो युनविरुद्धको पहिलो अदालत फैसला हो । ती मुद्दाहरूमा […]

निष्क्रिय कर्जा व्यवस्थापनमा नयाँ नियम, ३ महिनासम्म सोही वर्गमै रहने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जा व्यवस्थापनमा पुनः कडाइ गरेको छ । सोसँगै बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा तत्काल दबाब पर्ने देखिएको हो। भाखा नाघेको सम्पूर्ण बक्यौता भुक्तानी भइसके पनि कम्तीमा ३ महिनासम्म कर्जा स्तरोन्नति गर्न नपाइने व्यवस्थाले बैंकहरूको नाफा र पुँजी कोषमा प्रत्यक्ष प्रभाव पार्नेछ। शुक्रबार एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले […]

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । एमालेले […]

एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमार्फत उपलब्ध

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ, गैरबैंकिङ तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको छ। बैंकले यसका लागि विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको सम्पूर्ण विवरण, फोटो, नक्सा, कित्ता नम्बर, क्षेत्रफल, तथा सम्पत्तिको स्थान (लोकेसन) लगायतका जानकारी उक्त अनलाइन पोर्टलमार्फत […]

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन प्रोटोन इमास ७ एसयूभी

काठमाडौं । प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ मार्फत नेपाली बजारमा उल्लेखनीय प्रभाव जमाइसकेको छ । इभी पारखीहरू र प्रारम्भिक प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको इमास ७, मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको पहिचानसहित नेपालमा पनि लोकप्रियता हासिल गरिरहेको छ । शहरी यात्रुदेखि साहसिक यात्रा मन पराउने उपभोक्तासम्म सबैको आवश्यकता पूरा गर्ने गरी डिजाइन […]

गगन पक्षका नेता आयोग पुगे

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको दाबी गर्दै गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ । शुक्रबार शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिकता भएको दाबीसहित पूर्णबहादुर खड्का, डा शेखर कोइरालालगायत नेताहरू आयोग पुगेका थिए । उनीहरू फर्किएपछि गगन थापा, विश्व प्रकाश शर्मा सहितका नेताहरु आयोग कार्यालय पुगेका हुन् ।

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने घोषणा गरेका छन् । जुन प्यालीष्टिीनी क्षेत्रमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी योजनामा उल्लेखित निकाय हो । सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले परिषद्को गठन भएको घोषणा गर्नु ठूलो सम्मानको कुरा भएको उल्लेख गर्दै यसका सदस्यहरूको सूची चाँडै सार्वजनिक हुने बताएका छन् । उनले परिषद्लाई सबैभन्दा […]

नागरिक लगानी कोषद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । गएको भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उक्त रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसी […]

बौद्धमा उज्यालो नेपालको बृहत्त भेला सम्पन्न, ७ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टी प्रवेश

काठमाडौं । उज्यालो नेपाल पार्टीको बृहत्त भेला काठमाडौंको बौद्धमा भव्य रूपमा सम्पन्न भएको छ। सिन्धुपाल्चोक घर भई विगत लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका करिब एक हजारभन्दा बढी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको उक्त भेलाले उज्यालो नेपालको अभियानलाई थप ऊर्जा प्रदान गरेको छ। भेलामा सहभागी वक्ताहरूले यसपटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने […]

काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।  उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ