कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु

विराटनगर । दुई दिनसम्म चल्ने कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन शत्रको कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार समृद्ध प्रदेशका लागि लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताए। उनले भने, ‘कोशी प्रदेशमा आएका लगानीलाई […]

छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न  लेकतिर

गोरखा । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए । “कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन्”, उनले भने, “मौसम बिग्रिएर दुःख दिइरहेको छ ।” चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा […]

पर्वतमा लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न

पर्वत । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत ९२ लाख ७७ हजारको लागतमा जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । आयोजना पूरा भएसँगै आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना किसानका खेतबारीमा सिँचाइ सुविधा पुगेको उक्त कार्यालयका प्रमुख सागर भट्टराईले जानकारी दिएका छन् । उनले चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये […]

औद्योगिक समूहको तीन वटै क्षेत्रको वृद्धिदर धनात्मक हुने

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष (आव) मा औद्योगिक समूहको वृद्धिदर धनात्मक हुने बताएको छ । उत्पादनमा भएको वृद्धि र आयातका कारण १८ वटा औद्योगिक समूहको वृद्धिदर धनात्मक हुने बताइएको हो । उक्त १८ वटा क्षेत्रलाई प्राथमिक क्षेत्र, द्धितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेको छ भने तीन वटै […]

राष्ट्रिय वाणिज्य बैंक सहित चार वटा वाणिज्य बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख बढी जरिवाना गरेको छ। नियामकीय प्रावधान मिचेकोमा केन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकमाथि कारबाही गरेको हो। जसअनुसार यो बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६.८७ रुपैयाँ जरिवाना गरिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम उल्लंघन गरेकोमा राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकसहित ५ […]

श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार सुनिश्चिताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले सबै श्रमजीवी तथा रोजगारदातालाई एकजुट भई श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्न आह्वान गरे । मुलुकको […]

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन्। एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज यहाँ आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा देखा परेका चुनौती नियन्त्रण गर्नुपर्ने बताए। ‘श्रम बजारको विकास गर्न तालिम होस् वा […]

रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई देउवाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिएका छन्। बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमीकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए। ‘नेपालको […]

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ दोस्रो बजारमा सूचीकृत

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर दोस्रो बजारमा सूचीकृत भएको हो । यस कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर दोस्रो बजारमा सूचीकृत गरेको हो । ओएमपिएल स्टक संकेतबाट […]

काठमाडौंका मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा टोरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ । भेटमा काठमाडौं महानगरपालिकाको विकास र सहकार्यका विषयमा कुराकानी भएको काठमाडौंस्थित जापानको दूतावासले जनाएको छ । भेटका क्रममा दुवै पक्षबीच काठमाडौं महानगरको भविष्यको विकास योजनाका विषयमा छलफल भएको थियो । साथै शहरी योजना, पूर्वाधार विकास र […]