ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, […]

सुनको मूल्यमा सामान्य गिरावट ,कतिमा हुदैछ कारोवार?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाला सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । यो सँगै आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ तोकिएको छ । शुुक्रबार भने सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार […]

युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।

पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले ८५ अर्ब १९ करोड आम्दानी गर्दा ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको ५ दशमलव ५६ प्रतिशत आम्दानी र २ दशमलव ३६ प्रतिशत खर्च भएको हो । सरकारले चालु आवमा १५ खर्ब ३३ अर्ब […]

बैङ्किङ प्रणालीमा अधिक तरलता, ६० अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ बैङ्किङ प्रणालीबाट ताल्ने भएको हो ।  राष्ट्र बैङ्कले  ३१ दिनको लागि निक्षेप संकलन उपकरण मार्फतले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । राष्ट बैंकका अनुसार आज आईतबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । निक्षेप […]

दुग्ध विकास संस्थानको महाप्रबन्धकको लागि दरखास्त माग

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त माग गरेको छ । दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक पदमा आबेदन दिने योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट आजको  २१ दिन भित्र र आवेदन दिनु पर्नेछ । आबेदन दिने अन्तिम दिन  दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र यस […]

आईपीओ निस्काशन गर्ने र सञ्चालक समिति निर्बाचित गर्दै फेदीखोला हाईड्रोपावरको साधारणसभा सम्पन्न

काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडमा रुपान्तरण भएपछिको कम्पनीको पहिलो साधारणसभामा सम्पन्न गरेको  छ । साधारणसभमा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वडा नं ६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मा निर्माण गरिरहेको आयोजना ४.३ मे.वा. २०८२ पौष अन्तिम सम्ममा सम्पन्नगर्ने जानकारी दिएको छ । आयोजनाको निर्माण सम्पन्न गर्न  ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साल […]

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघिय संसद् अन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यक्रमअनुसार आज प्रतिनिधिसभा अन्त्गत  पूर्वाधार विकास समिति र राष्ट्रिय सभा अन्त्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात […]

नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको १३१,२०४ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयर धनीको हुने कानूनी प्रबध्ध भएकाले बिक्राम रहेको विद्यमान संस्थापक शेयरधनीले उक्त संस्थापक शेयर खरिद गरी लिन इच्छुक भएमा प्र ३५ दिन भित्र के-कति रकममा खरिद गर्ने हो सो समेत खुलाइ […]

सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ […]